दफा १७
मूल ऐनको दफा २४ मा संशोधनः
–मूल ऐनको दफा २४ को उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छः
–“(२क) उपदफा (१) बमोजिमको विवरणपत्रमा जानी जानी झुठ्ठा कुराहरु उल्लेख गरेको प्रमाणित भएमा त्यसरीझुठ्ठा कुरा उल्लेख गरी तयार भएको विवरणपत्रमा सहीछाप गर्ने तथा कार्यालयमा पेश गर्ने संचालकहरुलाई रजिष्ट्रारले संचालकको पदबाट तत्काल काम गर्न रोक लगाउन सक्नेछ ।तर यसरी रोक लगाउनुअघि सम्बन्धित संचालकलाई स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ ।”